बुढीलाई नै पार्टी र सरकार चलाउन रेशमलालको आग्रह, सुदूरपश्चिममा समर्थन फिर्ता !

शेयेर गर्नुहोस

धनगढी । विवादमा अल्झिएको नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीले आफ्नी जेठी पत्नी एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी र सरकार चलाउन आग्रह गरेको जनाएका छन् । फेसबुकमार्फत उनले यस्तो जनाएका हुन् ।

उनले पार्टीका महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार चलाउन आग्रह गरेको बताए । यस्तै रेशमलालले श्रेष्ठसहितको भेटघाटबारे जानकारी दिदै आफूहरूले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने दाबी गरेका छन् ।

यस्तै उनकी पत्नीसमेत रहेकी श्रेष्ठले पनि आफूहरूबीच कुनै समस्या नरहेको जिकिर गर्दै आएकी छन् । जबकी उनीहरूबीच पहिल्यैदेखि विवाद हुँदै आएकोमा सो विवाद अहिले सर्वोच्च अदालतमा समेत पुगेको छ ।

सर्वोच्च अदालतले चौधरीले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेशसमेत दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले शुक्रवार रेशमले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको हो ।​​

संरक्षक चौधरीले पार्टी अध्यक्ष श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

नागरिक उन्मुक्तिको टीकापुरमा पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाई निर्वाचित गरेको थियो । तर त्यो निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गर्‍यो ।

आयोगले नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जितालाई नै सदर गरेपछि रेशमले निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊँ भनी रिट निवेदन दायर गरेका थिए ।

यस्तै रेशमलालको सहमतिबेगर सुदूरपश्चिम सरकारमा श्रेष्ठपक्ष सहभागी भएको छ । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा भौतिक विकास मन्त्री लिएर नाउपाका कैलाश चौधरी सरकारमा छन् ।

रेशमलालले भने हालको गठबन्धनलाई समर्थन नगर्दै अडान राख्दै आएका थिए । सोही कारण पति–पत्नीको सम्बन्धमा पनि दरार आएको बताइन्थ्यो । महेन्द्रनगर पोष्ट

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *