टीकापुर पार्कको शिघ्र व्यवस्थापन गर

शेयेर गर्नुहोस

टीकापुर पार्कमा देशका बिभिन्न जिल्लाहरु बाट घुम्न आउनेहरुको संख्या बढ्दो छ । टीकापुर पार्कमा देशका थुर्पै जिल्लाहरु लगायत बिदेशी पर्यटकहरुको उपस्थिती समेत रहदै आएको छ । बाहिरबाट झट्ट हेर्दा टीकापुर पार्कको गेटले पार्कको सौन्दर्यता बढाएको पक्कै पनि छ । तर गेट प्रवेश पश्चात पार्क खासै रमणीय छैन । किनभने बिगतका वर्षहरुको तुलनामा टीकापुर पार्क अव्यवस्थित बनेको छ । टीकापुर पार्कमा के–के बिषय अभाव छ भन्ने बारे ध्यान नदिदा पनि टीकापुर पार्कको सौन्दर्यता खस्किएको हो ।

टीकापुर पार्क टीकापुर नगरपालिकाले संरक्षण गर्दै आएको छ । टीकापुर पार्कमा १३ जना कर्मचारी खटाइएको पनि छ । तर टीकापुर पार्कलाई बिगतको तुलनामा के कति समस्या छ भन्ने बारे ध्यान नदिएको गुनासो बढ्दै गएको छ । साथै टीकापुर पार्क भित्र कर्णाली नदीको किनारमा पिकनिक स्थल छ । यो पिकनिक स्थल समेत अव्यवस्थित छ । पिकनिक स्थल फोहोरले दुर्गन्धित बनेको छ । यस बिषयमा समेत टीकापुर नगरपालिकाको ध्यान दिन सकेको छैन ।

अन्य बिभिन्न अभाव भएका बिषयमा टीकापुर नगरपालिकाले टीकापुर पार्कमा कार्यरत कर्मचारीहरुबाट पार्कका समस्याहरु बारे बुझ्न समेत नितान्त आवश्यक देखिन्छ । टीकापुर पार्कलाई व्यवस्थित गरेर धेरैभन्दा धेरै पर्यटक भित्राउन सके टीकापुर नगरपालिकाको राजश्व वृद्धि सँगै यहाँका नागरिकको जीवनस्तरमा समेत सुधार हुने भएकाले नगरपालिकाले शिघ्र ध्यान दिनुपर्छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *