शेयेर गर्नुहोस
डोटी । सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।
बुधबार बिहान मृतकको शव फेला परेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले मंगलबारदेखि खोजीकार्य तीव्र पारेकोमा आज मात्र शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीम भट्टराईले मृतकको शव नुहाउन गएको स्थानबाट करिव २५ मिटरको दुरीमा फेला परेको बताए ।
सोमबार शिखर नगरपालिका–८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका–३ मायामेट्रो अस्पताल पछाडि बस्ने करिब ४० वर्षीय नरबहादुर तामाङ डुबेर बेपत्ता भएका थिए । उनी सुदूरपश्चिम प्रदेश ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए । सोही क्रममा उनी कार सडक किनारमा रोकी नुहाउन गएका थिए। नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।















