कञ्चनपुरमा एक जना बेहोस अवस्थामा फेला

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा एक जना बेहोस अवस्थामा फेला परेका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका—५ गुलरियास्थित कञ्चन बहुमुखी क्याम्पस अगाडी अन्दाजी ५५ वर्षीय पहिचान नखुलेका पुरुष बेहोस अवस्थामा फेला परेका हुन् ।

उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनलाई चिन्नेहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन प्रहरीले आग्रह गरको छ ।

amazed