अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

शेयेर गर्नुहोस

अछाम । अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन् । जिल्लाको कमलबजार नगरपालिका–ढुङ्गाल्लाका ५२ वर्षीय शिवराम चलाउने घाइते भएका हुन् ।

उनलाई बँदेलले घरको आगनमा गहुँ केलाइरहेको बेला आक्रमण गरेको अछाम प्रहरीले जनाएको छ । उनको दायाँ हात, दायाँ खुट्टा र निधारमा चोट लागेको छ ।

घाइते चलाउनेको जिल्ला अस्पताल मंगलसेनमा उपचार हुन नसकेपछि थप उपचारको लागि सुर्खेत रेफर गरिएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *