कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । प्रहरीले कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद गरेको छ । प्रहरीले कैलालीको धनगढी, टीकापुर र कञ्चनपुरको पुनर्वासबाट अबैध सामान बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट,वडा नं. –१५ कनरी र टीकापुर नगरपालिका–१ बाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो । करिब ३४ हजार ५४० मुल्यको प्राउन, पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका बिभिन्न सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका–४ ‘घ’ गाँउ बाट करिब २४ हजार ६ सय मुल्यको पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका अबैध सामान इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो । पछिल्लो समयमा कैलाली र कञ्चनपुरबाट प्रहरीले दैनिकरुपमा अबैध सामान बरामद गर्दै आएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed