मर्निङ वाकमा दुर्घटनामा परेकी पन्तको निधन

शेयेर गर्नुहोस

धनगढी । धनगढीमा मर्निङ वाकमा दुर्घटनामा परेकी ईन्द्रादेवी पन्तको ६८ औं दिनमा निधन भएको छ ।

६८ दिनदेखि माया मेट्रो अस्पतालमा भेन्टिलेटरमा उपचाररत ७० वर्षीया पन्तको सोमवार दिउँसो करीव दुई बजे निधन भएको हो ।

फागुन १६ गते मर्निङ वाकमा निस्किएकी धनगढी उपमहानगरपालिका–५ तारानगरकी पन्तको खुट्टा मिनि ट्रकमा अल्झिएको टेलिकमको तारमा बेरियो । र, ट्रकले तानेर पाँच सय मिटर जति सडकमा घिसारेपछि उनी गम्भीर रुपले घाईते भईन । सोही दिनदेखि भेन्टिलेटरमा उपचाररत पन्तको सोमवार निधन भएको हो । पन्तको उपचारमा परिवारजन र आफन्तले २८ लाख रुपैया भन्दा खर्चेका छन् ।

मृतक पन्त क्याप्टेन बेद उप्रेतीकी दिदी हुन् । कलकत्तामा रहेका क्याप्टेन उप्रेती दिदीको मृत्युको खवर सुनेपछि आज बिहान कलकत्ताबाट जहाजमा लखनउ र त्यहाँबाट गाडीमा महेन्द्रनगर आईपुगेका छन् ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *