भेट्रान कप क्रिकेटः अक्सनमा परेका खेलाडीको नाम सार्वजनिक

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको अत्तरियामा आयोजना हुन गइरहेको पाँचौ संस्करणको भेट्रान कप क्रिकेट प्रतियोगिताको अक्सनमा परेका खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ । आयोजक संस्था पिएफए स्पोट्र्स क्लबले प्रतियोगीतामा अक्सन मार्फत खरिद विक्रिका लागि २७ जना खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।

संस्थाले पहिलो पटक भेट्रान कप क्रिकेट प्रतियोगितामा सहभागी टिमहरुले अक्सनबाट खेलाडी खरिद गर्नुपर्ने नियम लागु गरेको थियो । प्रतियोगीतामा सहभागी ९ वटा टिमहरुले अनिवार्य रुपमा ३ जना खेलाडीहरु अक्सनबाट खरिद गर्नुपर्ने नियमानुसार अक्सनमा २७ वटा खेलाडीहरुको नाम सार्वजनिक गरिएको क्लबका महासचिव सिद्ध बोहराले जानकारी दिए ।

उनले अक्सनमा खरिद विक्रि हुने खेलाडीहरुको न्युनतम रकम रु. ५ हजार देखी अधिकतम रु. १५ हजार सम्म रहने बताए । उनका अनुसार प्रतियोगीताको यसअघिका संस्करणहरुमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई अक्सनमा समावेश गरिएको छ । अक्सनमा समावेश गरिएका खेलाडीहरुमा १८ जना कैलाली र ९ जना कञ्चनपुरका रहेका छन । जसमा ९ जना अलराउण्डर, १० जना ब्याट्सम्यान, २ जना विकेटकिपर र ६ जना बलर सहभागी छन ।

प्रतियोगीताका लागि अक्सन भने यही वैशाख २७ गते बिहान ९ बजे अत्तरियास्थित नमस्ते पार्टि प्यालेसमा हुने आयोजकले जनाएको छ ।
यही जेठ २ गतेदेखी सञ्चालन हुने प्रतियोगिताको प्रथम हुने टिमलाई नगद रु. १ लाख ११ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्धितिय हुने टिमलाई नगद रु. ५५ हजार ५५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई समान रु. ५÷५ हजार र प्रत्येक म्याचको म्यान अफ द म्याचलाई उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको बताईएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *