बैतडीमा बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते

शेयेर गर्नुहोस

बैतडी । बैतडीमा आज (बुधवार) बिहान बोलेरो जिप दुर्घटना भएको छ । धनगढीबाट बैतडीको तल्लादेहीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ३८५ नम्बरको जिप सतबाँझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका-३ सिदुन भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

बुधवार बिहान साढे दुईबजेतिर जिप दुर्घटना परेको र जिपमा सवार सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

दुर्घटनामा परी पुर्चौंडी नगरपालिका-९ तल्लादेहीका २७ वर्षीय दिपक पार्की, उनका ८ वर्षीय छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ वर्षीय धनजीत पार्की, उनकी १५ वर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ वर्षीया कृष्णा पार्की घाइते भएका छन् ।

यस्तै डिलाशैनी गाउँपालिका-४ तडीबटा बस्ने ३३ वर्षीय करबीर सार्की र ७४ वर्षीय मनोरी सार्की पनि घाइते भएका प्रहरी निरीक्षक जोशीले बताए । घाइते मध्ये प्रदीप पार्की र रेखा पार्कीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल खसेको बताइएको छ । जिप चालक पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २३ बर्षीय सुरेन्द्र पुजारा फरार रहेका प्रहरी निरीक्षक जोशीले बताए । जिपमा १२ जना सवार रहेका भनिएपनि एकीन भने भइनसकेको प्रहरी निरीक्षक जोशीको भनाइ छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *