लम्कीमा एम्बुलेन्स दुर्घटना हुँदा एक किशोरीको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । कैलालीको लम्कीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना भएको छ । लम्की चुहा नगरपालिकाको धोबेनी खोला नजिक भारतको नैनितालका ५० वर्षीय प्यारेलालले चलाएको यूके ०४ पीए १९०५ नम्बरको भारतीय एम्बुलेन्स आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया किशोरी अञ्जली परियार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनी भारतको हल्द्वानीबाट उपचार गरी घर फर्किरहेकी थिइन । एम्बुलेन्समा चालकसहित छ जना सवार रहेका थिए ।

उनीहरु सकुशल रहेका छन् । एम्बुलेन्स र चालक प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed