शेयेर गर्नुहोस
धनगढी । कैलालीको धनगढीका एक पुरुष भन्सार छलीका सामानसहित पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–९ बङग्राकटानबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ३५ हजार ६५० मूल्य बराबरको गन्जी, अण्डर वेयर, कुर्ती, कुर्ती प्लाजा, सुट पिस लगायतका सामानसहित धनगढी उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय बुद्वीराम चौधरी बिहीवार पक्राउ परेका हुन् ।
चौधरीलाई सुदूरपश्चिम प्रदेश ०१–०१० प ८६७८ नम्बरको स्कुटिसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।















