बिर्सेर पनि फ्रिजमा राख्नुहुन्न यी पाँच फल

शेयेर गर्नुहोस

काठमाडौँ । गर्मीको मौसममा चाँडै खानेकुरा बिग्रिन्छ । खानेकुरा नबिग्रियोस् भनेर हामी फ्रिजमा राखिदिन्छौ । यसरी खानेकुराहरू २र३ दिनसम्म खान लायक हुन्छ ।

फलफूल र तरकारीलाई ताजा राख्न पनि हामी फ्रिजको प्रयोग गर्छौ । तर विज्ञहरूले केहीफलफूललाई फ्रिजमा नराख्न सुझाव दिँदै आएका छन् । यस्तो गर्दा ती फलफूलको स्वाद त बिग्रन्छ नै पोषक तत्त्व पनि घट्न सक्छ । आजको यस लेखमा हामीहरू कुन फलफूललाई फ्रिजमा नराख्ने भन्नेबारे कुराकानी गर्नेछौँ ।

केरा : द गार्डियनको रिपोर्टअनुसार केरालाई कहिल्यै पनि फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा राख्दा यसको बोक्रा कालो हुन थाल्छ र स्वादमा परिवर्तन आउन थाल्छ । केरा तातो हावापानीमा फल्छ । केरालाई चिसो तापक्रममा राखियो भने पाक्न मद्दत गर्ने इन्जाइमले काम गर्न छोड्छ । चिसोले केराका कोशिकाहरूलाई क्षति पुर्‍याउँछ ।

खरबुजा : खरबुजामा पर्याप्त मात्रामा पानी पाइन्छ । गर्मीको बेलामा यसलाई चिसो बनाउन भनेर फ्रिजमा राख्छौँ । तर, खरबूजालाई पनि फ्रिजमा राख्नु हुँदैन । यसो गर्नाले यसमा पाइने एन्टि अक्सिडेन्ट कम हुने र यसको पौष्टिकता पनि कम हुने विज्ञहरूको विश्वास छ । त्यसैले विज्ञहरू खरबूजालाई फ्रिजमा नराख्ने सल्लाह दिन्छन् ।

मेवा : गर्मीमा मेवाको खपत पनि निकै धेरै हुन्छ । धेरैले मेवा छिट्टै नबिग्रियोस् भनेर यसलाई फ्रिजमा राख्छन् । तर, मेवालाई फ्रिजमा राख्दा यसको स्वाद र बनावटमा परिवर्तन आउन सक्छ ।

आँप : आँपलाई फलफूलको राजा भनिन्छ । यसलाई पनि फ्रिजमा राख्ने गल्ती गर्नुहुन्न । चिसो तापक्रमले आँपको स्वाद र बनावटमा असर पुर्‍याउँछ । चिसोका कारण आँपमा कालो धब्बाहरू देखिन्छन् । आँपलाई कोठाको तापक्रममा मात्र भण्डार गर्नुपर्छ । स्वभाविक रूपमा, आँप ७ देखि १४ दिनसम्म खानयोग्य रहन्छ । त्यसैले यसलाई फ्रिजमा राख्नु पर्दैन ।

भुँइकटहर : भुँइकटहरलाई फ्रिजमा राख्दा यसको बनावट र स्वाद बिग्रन्छ । चिसोले भुँइकटहरलाई धेरै नरम बनाइदिन्छ र प्राकृतिक स्वाद परिवर्तन गर्दछ । कोठाकै तापक्रममा यसलाई राख्दा बरु ताजापन कायम राख्न मद्दत मिल्छ । रातोपाटी

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *