धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । सोमबार धनगढी उपमहानगरपालिका–४ ट्याम्पल रिसोर्ट नजिकबाट गौरीगंगा नगरपालिका–४ घर भई धनगढी–४ डेरामा बस्ने २६ वर्षीय रोहन परियार पक्राउ परेका हुन् ।

उनलाई १०० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ र नगद ४१ हजार २९० सहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

त्यस्तै, सोमबार नै धनगढी–३ ब्यारेलबाट धनगढी–२ बस्ने ३५ वर्षीय अशोक पाल समेत दुई जनालाई ३७० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ र उनीहरुले प्रयोग गरेको एक थान स्कुटीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनागढीले जनाएको छ ।

ताजा खबर

ओलीलाई सार्बजनिक जिवनबाट बिदा गर्नु पर्छ : महासचिव भुसाल

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

amazed