कञ्चनपुरमा जुवातास मुद्दामा फरार दुई जना पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा जुवातास मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन् ।

जुवातास मुद्दामा २७५ जरिवाना ठहर भएका बेदकोट नगरपालिका–३ का ३० वर्षीय मोहन खड्का र १७५ जरिवाना ठहर भएका सोही ठाउँ बस्ने ४२ वर्षीय तारा दत्त जोशी पक्राउ परेका हुन् ।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले जुवातास मुद्दामा जरिवाना ठहर गरेपछि फरार रहेका दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *