कैलाली र कञ्चनपुरमा ४ लाख बढीका अबैध सामान बरामद

शेयेर गर्नुहोस

धनगढी । कैलाली र कञ्चनपुर गरी दुई जिल्लाबाट ४ लाख बढीका अबैध भन्सार छलीका सामान बरामद गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोक, धनगढी–३ मिलनचोक र बिशालनगर, धनगढी–९ त्रिबेणीघाट, टीकापुर नगरपालिका–८ बटनपुर, जोशीपुर गाउँपालिका–१ जोशीपुर बजार, जोशीपुर–४ बाणीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य २ लाख १८ हजार ४७० बराबरको सामान बरामद गरिएको छ ।

उक्त मुल्य बराबरको प्याज, चिनी, खानेतेल, चामल, खुर्सानी, सरप, सुर्ती, बिडी, सकेट, छाता, प्लाष्टिक झिल्ली, साबुन, कुर्ता सुरवाल, कुर्ती सेट, पानीपुरी, चक्लेट, सिद्रा माछा, चक्लेट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

उता कञ्चनपुरको बिभिन्न स्थान बेलौरी नगरपालिका–६ नकैया, भुराकोट र पुनर्वास नगरपालिका–११ टिम्बर टोलबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको छ । अन्दाजी २ लाख १९ हजार ८३० मूल्य बराबरको चिनी, चक्लेट, पेय पदार्थ, खानेतेल, सुटपिस, कुर्ता सुरवाल, धोती, कुर्ती, बिडी, सुर्ती, सुपारी, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएका हो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *