बझाङबाट गर्भवतीको हेलिकोप्टर मार्फत उद्धार

शेयेर गर्नुहोस

धनगढी । बझाङबाट गर्भवतीको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको साईपाल गाउँपालिका–४ धुलीकी २६ वर्षीया सुपारी कुमारी बोहराको बिहीवार हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार ३४ हप्ताको बच्चा पेटमा रहेकी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरेर सुर्खेत लगिएको छ । उनलाई सुत्केरी हुनु अगावै अत्यधिक रक्तस्राव भएको छ ।

जिल्ला अस्पताल बझाङमा यस्ता समस्याले जिल्लामा ३÷४ जना महिलाको ज्यान गएकाले सिधै सुर्खेत पठाइएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत गर्भवतीको उद्धार गरिएको हो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed