शेयेर गर्नुहोस
टीकापुर । कैलालीको टीकापुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका–२ सितापुरबाट सोही ठाउँ बस्ने २० वर्षीय धर्मेन्द्र शाह मंगलवार पक्राउ परेका हुन् । शाहलाई २२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।