बझाङमा कृत्रिम अभ्यास गर्दागर्दै नदीमा डुबेर सशस्त्रका जवानको मृत्यु

शेयेर गर्नुहोस

बझाङ । बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेसन) गर्दा डुबेका सशस्त्र प्रहरी बलका जवानको मृत्यु भएको छ ।

जिल्लाकै केदारस्युँ गाउँपालिका–७ घर भएका सशस्त्र प्रहरी जवान नरेन्द्र सिंह धामीलाई जिल्ला अस्पताल बझाङले मृत घोषणा गरेको हो । सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेसनका क्रममा उनी डुबेका थिए ।

बेहोस अवस्थामा फेला परेका उनीलाई तुरुन्तै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको थियो ।

ताजा खबर

amazed