शेयेर गर्नुहोस
अछाम । अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल भेटिएका छन् ।
कमलबजार नगरपालिका–९ मस्टाबण्डालीस्थित स्वास्थ्य चौकीको औषधी राख्ने फ्रिजभित्र बियरहरु भेटिएका हुन् । जसमा तीनवटा बियरका बोतल फेला परेको बताइएको छ । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको पनि स्थानीयको भनाई छ ।
सोही थाहा पाएर स्थानीयले छड्के अनुगमन गर्ने क्रममा फ्रिजभित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका थिए । त्यहाँका वडाध्यक्ष कमल भण्डारीले भने फ्रिजमा बियर राख्नेलाई छानबिन गरेर कारबाही गर्ने जनाएका छन् ।















