शेयेर गर्नुहोस
धनगढी । कैलालीको धनगढीमा लागूऔषध सेवन गरिरहेका तीन युवक पक्राउ परेका छन् ।
लागूऔषध सेवन गरिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय भुवन बम, धनगढी उपमहानगरपालिका–१५ का २४ वर्षीय नविन चौधरी र २९ वर्षीय बलभुत राना पक्राउ परेका हुन् ।
प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–७ बेलीबाट तीनै जनालाई लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । साथै उनीहरुको साथबाट १८० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०समेत फेला परेको प्रहरीले जनाएको छ ।