शेयेर गर्नुहोस
धनगढी । कैलालीको धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
बैतडीको पाटन नगरपालिका–८ घर भएका २२ वर्षीय गणेश महरा लागुऔधसहित धनगढीमा पक्राउ परेका हुन् ।
शनिबार प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेलबाट २ ग्राम ८ सय मिलिग्राम लागूऔषधसहित पक्राउ परेका महरालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।















