कञ्चनपुरमा ८ लाख मूल्य बराबरको अवैध सामान बरामद

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा ८ लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ ।

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अवैध सामान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय दोधरा–चाँदनीबाट खटिएको प्रहरी टोलीले करिब ६ लाख ३९ हजार ५५०, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले एक लाख ७१ हजार तीन सय, प्रहरी चौकी झिलमिलाले ८ हजार ४४० र अस्थायी प्रहरी बिट मझगाउँले ८ हजार दुई गरेर कुल ८ लाख २७ हजार ४९० मुल्यको अवैध सामान नियन्त्रणमा लिएको हो ।

फिल्टर ग्यारेजका सामान, तार, तेल, चिनी, विस्कुट, कोरा थान कपडा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

amazed