कैलालीको जानकीमा कुलोमा डुबेर एक किशोरको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जानकीमा कुलोमा डुबेर एक किशोरको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ अमौरास्थित कुलरिया खर्गौली बड्का बिच्की कुलोमा डुबेर स्थानीय १८ वर्षीय कैलाश बिष्टको मृत्यु भएको हो ।

मंगलबार साथीहरु सँग नुहाउन गएका बिष्ट कुलोमा डुबेर बेपत्ता भएका थिए । उनको खोजी गर्दा कुलाको ईन्टेकमा फेला पारेको प्रदेश प्रहरीले जनाएको छ ।

बिष्टलाई टीकापुर अस्पतालमा पु¥याउदा डाक्टरले मृत घोषणा गरेका थिए ।

amazed