शेयेर गर्नुहोस
नेपालगन्ज । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ४५ वर्षीया कमला केसी, ५२ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिकामा रहेको नवदुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका महिला आज बिहान साढे ६ बजेतिर बाघको आक्रमणका परेका हुन् । घाइते तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।















