शेयेर गर्नुहोस
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरोमा हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त अवधिमा बाढीपहिरोका ९६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र ३३५ पशु चौपायको मृत्यु भएको छ ।
उक्त अवधिमा चार हजार ७९० प्रहरी बाढीपहिरोमा परिचालन गरिएको र नौ करोड ५६ लाख ७४ हजार २५० रुपैयाँ मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।















