अत्याधिक वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागको टोली कञ्चनपुरमा

शेयेर गर्नुहोस

काठमाडौं । असार २३ र २४ गते भएको अहिलेसम्मकै रेकर्ड वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागको टोली बिहीबार (आज ) कञ्चनपुर पुगेको छ ।

वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल नेतृत्वको टोली स्थलगत अध्ययनका लागि बिहीबार बिहान कञ्चनपुर पुगेको हो । महानिर्देशक कर्माचार्यका अनुसार टोलीले वर्षा मापन केन्द्र, त्यहाँ राखिएका उपकरणका ठिक अवस्थामा भए÷नभएको जाँच गर्ने छ । साथै स्थानीयसँग सो दिनको वर्षाको अवस्थाबारे पनि कुराकानी गर्नेछ ।

कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा मापन गरिएको वर्षाले देशमा अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको हो । असार २४ गते मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मिमि, हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिमि र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमि. वर्षा भएको थियो।

विभागको वि.सं. २००३ देखिको उपलब्ध तथ्याङ्क अनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षा हो ।

कहिलेकाहीँ उपकरण बिग्रिएमा तथ्यांक गलत हुने भएकाले विभागकी वरिष्ठ मौसमविद एवम् उपकरण क्यालिब्रेसन तथा व्यवस्थापन शाखा प्रमुख डा. कँडेल नेतृत्वको टोली स्थलगत अध्ययनमा गएको हो ।

अध्ययन टोलीको रिपोर्टबाट वास्तविकता पत्ता लाग्ने र विभागले निष्कर्ष सार्वजनिक गर्ने उनले जानकारी दिए । ‘करिब हप्ता–दश दिनभित्रै निष्कर्ष सार्वजनिक गर्न सकिने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले बताए ।

विभागका महानिर्देशक डा. कर्माचार्यका अनुसार विभागको टोलीले कञ्चनपुरका पालिकाहरुमा यसै वर्षदेखि सुरु गरेको प्रभावमा आधारित पूर्वानुमानको प्रभावकारितासमेत अध्ययन गर्ने छ ।

ताजा खबर

ओलीलाई सार्बजनिक जिवनबाट बिदा गर्नु पर्छ : महासचिव भुसाल

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

amazed