कैलालीको टीकापुरमा कोल्ड स्टोरको खाल्डोमा डुबेर एक बालकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा निर्माणाधीन कोल्ड स्टोरको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका-१ एकतापुरका लक्ष्मण चौधरीका ११ वर्षीय छोरा आर्यल चौधरीको गाउँ नजिकैको निर्माणाधीन कोल्ड स्टोरको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) विश्वराज अधिकारीले मलवारा न्युजलाई जानकारी दिए ।

शनिबार दिउँसो खाल्डोमा डुबेका उनलाई उद्धार गरेर टीकापुर अस्पताल पुर्‍याइएकोमा उपचारको क्रममा आधा घण्टापछि मृत्यु भएको डीएसपी अधिकारीले बताए ।

amazed