शेयेर गर्नुहोस
टीकापुर । कैलालीको टीकापुर अस्पतालको सेवा सुचारु भएको छ । अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि ठप्प रहेको आकस्मिक सेवाबाहेकको सेवा सुचारु भएको जानकारी दिएको हो ।
अस्पताल हाता भित्र प्रवेश गरेर गालीगलौज र डर धम्की दिएको भनिएका व्यक्तिहरुले कमी कमजोरी भएको स्विकारे पछि दुई पक्षबिच सहमति जुटेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिए ।
आगामी दिनमा अस्पतालको सेवामा असर पर्ने खालका कुनै गतिविधि नगर्ने गरी दुई पक्षबिच लिखित सहमति समेत भएको छ ।