शेयेर गर्नुहोस
टीकापुर । धनगढीबाट अछाम जाँदै गरेको बसमा अवैध सामान बरामद गरिएको छ । सोमबार साँझ चौरपाटी गाउँपालिका –६ स्थित रहेको प्रहरी चौकी चौखुट्टेको चेक पोष्टमा धनगढीबाट मंगलसैन, अछाम तर्फ जांदै गरेको ना ५ ख २४७५ नम्बरको बसलाई चेकजाँच गर्दा अवैध सामान बरामद गरिएको हो ।
प्रहरीका अनुसार बसबाट बिल नभएका अन्दाजी २ लाख ३ हजार ४५० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले सामान सँगै घोडाघोडी नगरपालिका – १ सुख्खडका ३४ वर्षीय माधव बिकलाई पनि पक्राउ गरेको जनाएको छ ।