अछाममा कांग्रेस नेताबीच कुटाकुट, समन्वय प्रमुखको टाउको फुट्यो

शेयेर गर्नुहोस

अछाम । जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाहबीच झगडा हुदाँ कुँवर घाइते भएका छन् ।

आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा संगै मदिरा सेवन गरेका कुँवर र शाहबीच विवादपछि कुटपिट भएको हो ।

कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा गम्भीर चोट लागेको छ ।

घटनापछि कुँवरलाई जिल्ला अस्पताल अछाममा भर्ना गरिएको छ भने शाहलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता )डिएसपी) इश्वरीप्रसाद भण्डारीका अनुसार मदिरा सेवनपश्चात व्यक्तिगत विवादले उग्र रूप लिएपछि सरकारी निवासमै झगडा भएको थियो। प्रहरीले दुबै जनामाथि थप अनुसन्धान गरिरहेको छ ।

घटनाका दुबै जना नेपाली कांग्रेसका नेता भएकोले पार्टीभित्र समेत यो घटना बारेमा चर्चा चलेको छ ।

अहिले कुँवरको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *