शेयेर गर्नुहोस
टीकापुर । कञ्चनपुरमा प्रहरीले २ लाख ६१ हजार मुल्यको अबैध सामान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले एक लाख ३० हजार १५०, इलाका प्रहरी कार्यालय बेलौरीले ७० हजार ७५०, प्रहरी चौकी भुँडाले ६ हजार ९२०, प्रहरी चौकी टेडुवाले १८ हजार र अस्थायी प्रहरी पोस्ट आइबिआरडीले ३६ हजार एक सय गरि करिब २ लाख ६१ हजार ९२० मूल्यको अबैध सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कस्मेटिक सामान, साइकलको ट्युप, गुट्खा, खैलौना, पेन्ट, किरानाका सामान, अण्डा, पेयपदार्थ, बिडी, गुड, सरफ र तीन थान साइकल बरामद गरेर भन्सार चलान गरिएको प्रहरीले जनाएको छ ।