कैलालीको गोदावरीमा प्रहरीको छापा, ९ जुवाडे पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गोदावरीबाट गएराती १ बजे प्रहरीले छापा हान्दा ९ जुवाडे पक्राउ परेका छन ।

गोदावरी नगरपालिका – ८ स्थित प्रदिप भुलको पसलमा हारजितको हिसावले जुवा तास भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका – ४ का २७ वर्षीय नबिन थापा, सोही ठाउँका २४ वर्षीय भबेन्द्र पौडेल, गोदावरी नगरपालिका – ८ का ३७ वर्षीय सेर बहादुर कामी, सोही ठाउँका ३७ वर्षीय नरेश बहादुर कठायत, ३४ वर्षीय पुरन थापा, १८ वर्षीय रोशन भुल, ३५ वर्षीय चन्द्र बिसी र डडेल्धुराको अमरगढी नगरपालिका – १० का २९ वर्षीय हरिष कोली रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीहरुको साथबाट दुई गड्डी तास र ६१ हजार २३० रुपैयाँ बरामद गरी पसल सन्चालक प्रदिप भुल सहित ९ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed