लागूऔषधसहित एक किशोर पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढीबाट लागूऔषधसहित डोटीको एक किशोर पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट डोटीको दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकमा कोठा गरी बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

किशोरलाई ६०१ मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed