कैलालीमा जिल्ला समन्वय समितिको उम्मेदवार बनाउन काँग्रेस एमाले सहकार्य गर्ने

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा जिल्ला समन्वय समितिको उम्मेदवार बनाउन काँग्रेस एमाले सहकार्य गर्ने भएका छन् । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन बनेको दुई दलीय संयन्त्रको कार्यदलले कैलाली जिल्ला समितिको संयोजकमा काँग्रेसको उमेदबारलाई सघाउने सहमति भएको नेपाली काँग्रेसका जिल्ला सचिव केबराज मिश्रले जानकारी दिए ।

आइतबार धनगढीमा बसेको दुई दलीय संयन्त्रको कार्यदलको बैठकले सहमति गरेका हुन् । दुई दलीय संयन्त्रमा संयोजक एमालेका तर्फबाट संयोजक नारदमुनि राना संयोजक रहने गरी सदस्य यज्ञराज ढुङ्गाना, ममता प्रसाद चौधरी रहेका छन् भने काँग्रेसबाट नारायणदत्त भट्ट संयोजक रहने गरी सदस्य खेमराज डगौरा थारु र केशवराज मिश्र रहेका छन् ।

नेपाली काँग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि यसअघि नै टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रमुख पदको उम्मेदवारका लागि सिफारिस भएका भुल कैलारी गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ । समितिको अध्यक्षका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ । कैलालीमा १३ बटा स्थानीय तह रहेका छन् यो निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *