शेयेर गर्नुहोस
डोटी । डोटीमा युवक मृत्युको विषयलाई लिएर यातायातका साधन बन्द गरिएको छ ।
जिल्लाको दिपायल–सिलगढी नगरपालिका–१ मा युवकका आफन्तले सडक अवरुद्ध पारेका हुन् । जिपले मोटरसाइकललाइ ठक्कर दिँदा शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो ।
सो जिप भरत सिंहले चलाएका थिए। चालक अहिले प्रहरी नियन्त्रणमा छन् । सोही विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गर्दै आएका छन् । घाइते साउँदको शनिवार उपचारका क्रममा मृत्यु भएको थियो । सोहि विषयलाई लिएर मृत साउँदका आफन्त आज ९मंगलबार० आन्दोलित भएका हुन् ।
उनीहरुले जिप चालकलाई कारवाही र क्षतिपुर्तीको माग गर्दै सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले बताए । सडक अवरुद्ध पारेपछि अछाम, बाजुरा तथा डोटीबाट कैलाली जाने सवारी साधन बिचबाटोमै अलपत्र परेका छन् ।
सडक प्रदर्शनमा सत्रिएका मृतकका आफन्तलाई बोलाएर छलफल समेत भइरहेको प्रहरी उपरीक्षक शर्माले बताए। लामो तथा छोटो दुरीका यातायातका साधन अवरोध हुँदा यात्रुहरु समेत अलपत्र परेका छन् ।