पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा

शेयेर गर्नुहोस

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा गहिरो शोक र द्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै आज बिदा दिने निर्णय गरेको जनाए ।

त्यस्तै ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने पनि सरकारले निर्णय गरेको छ । त्यसैगरी स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि सरकारले गरेको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed