कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–१ डोडापुलस्थित सडकमा से ३ प ७६७३ नम्बरको मोटरसाइकल मंगलवार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ जुरपानी बस्ने २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । साथै मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का ३५ वर्षीय रोहीत चौधरी घाईते भएका छन् । रोहीतलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *