बैतडीमा चट्याङ लागेर दुई जना घाइते

शेयेर गर्नुहोस

बैतडी । बैतडीमा चट्याङ लागेर दुईजना घाइते भएका छन् । पाटन नगरपालिका–७ किम्तोलीमा सोमबार बिहान चट्याङ लागेर २५ वर्षीया निर्मला चन्द र

स्थानीय डम्मरदत्त भट्टको घर नजिकै रहेको विद्युत पोलमा चट्याङ पर्दा दुवैजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । चट्याङ लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले बताएको छ ।

त्यस्तै, चट्याङ लागेर स्थानीय जनकबहादुर चन्दले पालेको एक भैँसी र दीपक दमाईले पालेको एक गोरु मरेको छ । चट्याङले स्थानीय डम्मरदत्त भट्ट, धर्मानन्द भट्ट र जनकबहादुर चन्दको घरमा गरिएको वाइरिङ नष्ट हुनुका साथै विद्युत मिटर समेत जलेका छन् ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *