शेयेर गर्नुहोस
टीकापुर । कैलाली कञ्चनपुरबाट प्रहरीले ११ लाख बढीको अवैध सामान बरामद गरेको छ । मंगलबार कैलालीको टीकापुर, कैलारी, कञ्चनपुरको भीमदत्त नगरपालिका, पुनर्वासबाट प्रहरीले ११ लाख बढीको अवैध सामान बरामद गरेको हो ।
टीकापुर नगरपालिका – ९ पुरानो भन्सार स्थित सडक खण्ड र कैलारी गाउँपालिका – ३ शिवरत्नापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ५६ हजार ५० रुपैया बराबरको समान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जसअन्तरगत बल्ब, होल्डर, मल्टिप्लग, स्विच, मोटर र पंखामा प्रयोग हुने सेल, पिन बोर्ड, पिन सकेट, बोर्डमा प्रयोग हुने इन्डक्टर, ःऋद्य, मेल फिमेल प्लग, फेन रेगुलेटर, कार्पेट लगायतका सामानहरु रहेका छन ।
त्यस्तै भीमदत्त नगरपालिका –४ बसपार्क, भीमदत्त नगरपालिका –१० सुकाशाल चौराहा र पुनर्वास नगरपालिका – ४ कार्किलडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका ८ लाख ६६ हजार ११५ रुपैयाँ बराबरको चिनी, दाल, जुता, चप्पल, ऋँी इनभटर क्लब, मोवायलका पार्टस, फेन्सी, कस्मेटिक, हाडवेयर, किराना लगायतका सामानहरु बरमद गरिएको प्रहरीले जनाएको छ ।