शेयेर गर्नुहोस
टीकापुर । कैलालीको टीकापुर लगायतका ठाउँबाट तीन लाखबढीको अबैध सामान बरामद गरिएको छ ।
जिल्लाको बिभिन्न स्थान गोदावरी नगरपालिका–२ धनगढी रोड छ लेन सडक खण्डको किनारा, भजनी नगरपालिका–६ थापापुर, भजनी नगरपालिका–७ हिक्मतपुर, टीकापुर नगरपालिका–१ ब्लक नम्बर २५ स्थित सडक खण्ड र कैलारी गाउँपालिका–७ पुरानो भुईयाफाटाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख १५ हजार ५३० बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्याज, बिडी, सुर्ती, सुपारी, लेडिज व्याग, तातो टोपी, गम, ब्याट्री लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।