कैलालीका बिभिन्न ठाउँबाट वन र चेक अनादर मुद्दाका ३ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीबाट वन र चेक अनादर मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

विना इजाजत वन पैदावार ओसपसार मुद्दामा १ महिना कैद सजाय र ३९ हजार ६६६ जरिवाना तोकिएको कैलालीको गौरीगंगा नगरपालिका–४ बस्ने वर्ष ४७ को मिनबहादुर गुरुधामी, वन मुद्दामा ६५ हजार ६२० जरिवाना तोकिएको कैलारी गाउँपालिका–७ बस्ने ५० वर्षीय छेदुराम चौधरी र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको गौरीगंगा नगरपालिका–३ बासुपुर बस्ने ४५ वर्षीय हरि ओम सापकोटा पक्राउ परेका हुन् ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ताजा खबर

amazed