शेयेर गर्नुहोस
टीकापुर । कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
भजनी नगरपालिका–३ सरदार चोक स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा जानकी गाउँपालिका ४ मुनुवा बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन् । किशोरलाई ३५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै घोडाघोडी नगरपालिका–२ साडेपानी बजारबाट सोही ठाउँ बस्ने ३० वर्षीय श्रबण चौधरी पक्राउ परेका हुन् । चौधरीलाई ३० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कायालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।