रणवीर कपुरसँगै काम गरेकी यी अभिनेत्री कसरी डिप्रेसनको शिकार बनिन् ?

शेयेर गर्नुहोस

एजेन्सी । भारतीय टेलिभिजन तथा बलिउड सिने क्षेत्रमा आफ्नो नाम स्थापित गरेकी अभिनेत्री करिश्मा तन्ना डिप्रेसनको शिकार भएको खुलासा गरेकी छिन् ।

करिश्माले राजकुमार हिरानीको सुपरहिट फिल्म ‘सञ्जु’मा काम गरेकी थिइन् । जुन फिल्ममा रणवीर शीर्ष अभिनेता थिए ।

उक्त फिल्ममा उनी रणवीरको साथीकी गलफ्रेन्डको भूमिकामा थिइन् । फिल्ममा उनको भूमिका छोटो रहे पनि यसले उनलाई बलिउडमा नयाँ पहिचान दिलाउने काम गरेको थियो ।

फिल्म रिलिजपछि डिप्रेसन

फिल्मले सफलता दिलाएपछि उनी बलिउडमा परिचित भइन्, तर त्यसपछि उनले कुनै काम गर्ने अवसर पाइनन् । त्यसपछि उनी बेरोजगार नै बन्न पुगिन् । एक वर्षसम्म काम नभएपछि उनलाई मानसिक तनाव भयो । यस क्रमले उनी डिप्रेसनको शिकार भइन् ।

एक भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले त्यस समयमा आफू निकै अन्धकारमा रहेको बताएकी छिन् । यसबाट बाहिर निस्कन उनले ठूलो सङ्घर्ष गरेकी थिइन् ।

उनका अनुसार उनले उक्त अवधिमा आफैंप्रति ध्यान केन्द्रित गरिन् । अहिले उनले ओटीटी प्लेटफर्ममा आफूलार्ई स्थापित गरेकी छिन् भने सामाजिक सञ्जालमा समेत उनी निकै सक्रिय छिन् । उनको चुलबुले स्वभाव र अभिनयले आम मानिसको मन जितिरहेको छ ।

ताजा खबर

amazed