भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन

शेयेर गर्नुहोस

एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री डा। मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो ।

घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो ।

सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।

सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए ।

यस्तै उनले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए । उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिएका थिए ।

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed