बालबालिकालाई असल संस्कार दिऔं, आफ्ना बारेमा पनि सबै थाहा पाउने बनाऔं: एसएसपी अधिकारी

शेयेर गर्नुहोस

टीकापुर । माण्डव्य ऋषि शालिक अनावरण तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । श्री जालपा जागरण समाज टीकापुरको आयोजनामा शनिबार जालपा जागरण समाज जेष्ठ नागरिक मिलन केन्द्र भवन उक्त कार्यक्रम भएको हो ।

जागरण समाजका अध्यक्ष तारा प्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा भागवत भूषण पण्डित नारायण तिमिल्सिना, पण्डित गोकर्ण बजगाईं, पण्डित रामप्रसाद रिमाल, माण्डव्य समाज नेपालका उपाध्यक्ष सबिता बजगाईं विशिष्ट अतिथी रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका अधिकारीले कार्यक्रममा उपस्थित भएर माण्डव्य ऋषिबारे धेरै कुरा सिक्ने अवसर पाएको बताउदै नयाँ पुस्ताका मान्छेलाई टेक्निकल सामाग्री वा अन्य विषयमा सबै कुरा थाहा भए पनि आफ्ना र आफ्ना पुर्खाको बारेमा केही थाहा नहुने अवस्था भएको बताए । मान्छेहरु भौतिकवादी, व्यक्तिवादी हुँदै गएको धारणा राख्दै ऋषिमुनी, गोत्रीय पृष्ठभुमिका विषयमा ज्ञान हुनुपर्ने बताए ।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसमेत रहेका अधिकारीले पछिल्लो समय सन्तानहरुले आफ्ना आमाबुबा वृद्ध अवस्थामा पुगेपछि वृद्धाश्रम लिएर राख्ने गरेकाले जागरण समाजले यसलाई मुख्य विषय बनाएर समाजमा सचेतना दिनुपर्ने बताए । उनले आफ्ना बालबालिकालाई सत्मार्गमा लाग्न प्रेरित गर्नुका साथै उनीहरुलाई आफ्नो पुर्ख्यौली कुराहरु पनि सिकाउदै बुझाउदै जानुपर्ने भन्दै आफ्ना भाषा, संस्कृति, संस्कारका बारेमा जानकारी दिनुपर्ने बताए ।

यस्तै पण्डित नारायण प्रसाद तिमिल्सिनाले जागरण समाजको उक्त कार्यक्रमको उपस्थितिलाई सान्दर्भिक भन्दै आगामी पुस्ताले पनि आफू माण्डव्य गोत्रीय भनेर गर्वका साथ भन्नसक्ने अवस्था भएको बताए । उनले जिल्लाबाहिर कार्यक्रममा जाँदाको एक घटना भन्दै साथीको घर जाँदा एक्लै भएको अवस्थामा उसको बच्चासँग कुरा गर्दैगर्दा उसले आफुले पालिराखेको कुकुरको सम्पुर्ण जानकारी बताएको तर उसको पुरानो बासस्थानका बारेमा सोध्दा पश्चिम नेपालबाट आएको बाहेक अन्य कुरा थाहा नभएको बताएको कुरालाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरेका थिए । आफ्ना बालबालिकालाई राम्रो शिक्षादीक्षाका साथै आफ्नो कुल, गोत्रका विषयमा पनि ज्ञान दिनुपर्ने उनको धारणा थियो ।

जागरण समाजका अध्यक्ष तारा प्रसाद अधिकारीले माण्डव्य ऋषिको मुर्ती भारतको राजस्थानबाट बनाएको ल्याइएको जानकारी दिए । उनले मुर्तीसहित मन्दिर निर्माण, रंगरोगनमा लगभग ६ लाख २५ हजार लागत लागेको बताए ।

जागरण समाजका सचिव नृपराज भण्डारीले सञ्चालन गरेको कार्यक्रममा सदस्य मोतिराम भण्डारीले स्वागत गरेका थिए । कार्यक्रममा पण्डित नारायण प्रसाद तिमिल्सिना, पण्डित गोकर्ण बजगाईं, पण्डित लालकेश उपाध्याय, पुर्व राष्ट्रसेवक कर्मचारी संघ अध्यक्ष जगन्नाथ रिमाल लगायत शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा २३ जना ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed