शेयेर गर्नुहोस
टीकापुर । नेकपा (माओवादी केन्द्र) टीकापुर नगर कमिटी गठन भएको छ । लामो प्रयासपछि शनिबार नगर कमिटी गठन भएको हो ।
धनसिंह साउदको अध्यक्षता ४६ सदस्यीय गठन गरिएको छ । साउद अध्यक्ष रहेको नगर कमिटीमा तीनजना उपाध्यक्ष एकजना सचिव एकजना सहसचिव र एकजना कोषाध्यक्ष पदाधिकारी रहेका छन्। उपाध्यक्षमा प्रकाश सिंह, बिमला बटाला थापा, कृष्ण गोपाल चौधरी रहेका छन् भने सचिवमा मिन्द्रा चौधरी सहसचिवमा टेकबहादुर बुढाथोकी र कोषाध्यक्षमा सिर्जना शर्मा पण्डित रहेका छन् ।

यस्तै सदस्यहरूमा चयन हुनेमा विनोद शर्मा बरही, धर्मबहादुर बिष्ट, सत्यनारायण भट्टराई, युवराज शर्मा, जयकृष्ण चौलागाई, मिनबहादुर ठनाल, नरबहादुर साउद, भक्त थापा, हरिलाल सन्यासी, अक्कलबहादुर माझी, देसुलाल चौधरी, सुमन सुनार, सावित्रा सापकोटा पौडेल, पतिराम चौधरी, वीर बहादुर चौधरी, गम्भीर राउत रहेका छन् । त्यसैगरी टेक बहादुर चौधरी, रुमा चौधरी, आशाकुमारी चौधरी, दुर्गा चौधरी, भदैलाल चौधरी ड। थारु, झपट बहादुर नायक, पदम केसी, प्यारी चौधरी, खड्क बुढा, सन्तोष नेपाली, दिपक बहादुर साउद, रामकृष्ण चौधरी, राम प्रसाद चौधरी, अन्जु नेपाली, उषा आउजी, दिपक साउद, पुरन साउद, शेर्या लोहार, पद्मादेवी ठकुल्ला दिलु कामी, लौटन चौधरी, इन्दल कुमार गोडिया, सर्पराज साउद नगर कमिटी सदस्यमा चयन भएका छन् ।











