बुढीनन्दा नगरपालिका मा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयका बालबालिकालाई न्यानो लुगा वितरण 

शेयेर गर्नुहोस

बाजुराको बुढीनन्दा नगरपालिका–९ मा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।

चिसोका कारण विद्यार्थीलाई अध्ययन गर्न गाह्रो भएको समाचार गोरखापत्रमा प्रकाशित भएपछि कोरिया बस्ने कैलालीको गोदावरी नगरपालिका–१ गेटानिवासी डा. कमला ओलीले यहाँका १४८ जना बालबालिकालाई चिसोबाट जोगिन १५० थान न्यानो कपडा वितरण गर्नुभएको हो । 

यो ठाउँमा हिउँदको समयमा निकै चिसो हुन्छ । त्यसैमाथि यहाँ पटक पटक हिउँ पर्ने गरेकाले यहाँका बालबालिकालाई चिसोको समयमा विद्यालयमा पठनपाठन गर्न निकै सकस भएको छ ।

आगो बालेर पढाइ गरेको समाचार गोरखापत्रमा छापिएपछि यहाँका बालबालिकाको यो समस्यालाई ध्यानमा राखी ओलीले १५० थान न्यानो कपडा पठाइदिनुभएको विद्यालयले जनाएको छ ।

न्यानो लुगा पाएपछि चिसो छल्न निकै सहज भएको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयका कक्षा ५ का छात्र उमेश रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको डे«समा विद्यालयमा आउने गरेको थिएँ । डे«स पातलो भएकाले कक्षाकोठामा बस्दा निकै चिसो हुन्थ्यो । अहिले त्यही डे«समाथि यो न्यानो लुगा लगाएर विद्यालय आउन थालेपछि चिसोको समयमा कक्षाकोठामा बसेर पढ्न निकै सहज भएको छ ।”

हिउँद सुरु भएपछि सधैँ चिसो हुन्छ । हिउँ परे पनि नपरे पनि यो सधैँ चिसो हुने ठाउँ हो । अहिले हिउँ परेकाले झनै चिसो बढेको छ । चिसो लामो समयसम्म रहे बालबालिकाको पढाइ छुट्छ । 

चिसोमा पढ्न विद्यार्थीलाई गाह्रो भइरहेको समाचार गोरखापत्रमा पटक पटक प्रकाशित भएपछि विभिन्न ठाउँबाट विद्यार्थीका लागि सहयोग जुटेको उहाँले बताउनुभयो । 

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *