पौने चार करोडमा मोटरेबल पुल बन्दै

शेयेर गर्नुहोस

कैलालीको धनगढी उपमहानगरपालिकास्थित सेतोपुल नाला (सुकटी नाला) मा तीन करोड ७९ लाख ९९ हजार रुपियाँ लगानीमा मोटरेबल पुल बन्दै छ ।

वडा नम्बर १ र ८ जोड्ने स्थानमा धनगढी उपमहानगरपालिकाले पुल निर्माण गरिरहेको हो । एक स्पानमा बनिरहेको पुल ठेकेदारले आगामी वैशाखसम्म पूरा गरेर हस्तान्तरण गर्ने हिसाबले काम गरिरहेको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनीयर दिजराज भट्टले बताउनुभयो । उहाँले पुलको ७० प्रतिशत काम पूरा भइसकेको जनाउँदै थप्नुभयो, “बाँकी रहेको काम चाँडै पूरा हुन्छ ।”

सो पुल निर्माणको काम धनगढीकै शाजेन्द्रेश्वर निर्माण सेवा प्रालिले गरिरहेको छ । पुल निर्माणका लागि २०८० कात्तिक १५ मा ठेक्का सम्झौता भएको थियो । आगामी कात्तिक १४ गतेसम्म पुल निर्माणको समयावधि छ ।

निर्माण कम्पनीले चाँडै नै पुलमा हिँडाउने आश्वासन दिएको वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीले बताउनुभयो । उहाँले पुल निर्माणले वडा नम्बर ८ र १ का स्थानीयलाई ओहोरदोहोर गर्न सहज हुने उल्लेख गर्नुभयो ।

गोरखापत्र अनलाइन

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *