शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०८१ को तयारी तिब्र रुपमा भइरहेको छ ।
यहि पौष २५ गतेदेखि माघ ६ गतेसम्म हुने महोत्सवको लागि खुला मैदान वरिपरि पाताले बार्ने काम सकिएको छ । प्रवेश गेट, बाहिरिने गेट, स्टल, मञ्चका लागि पनि धमाधम काम भइरहेको र समग्रमा ९० प्रतिशत काम भइसकेको टीकापुर महोत्सव सचिवालय समिति संयोजक तथा संघका उपाध्यक्ष (उद्योग) सन्तोष खड्काले जानकारी दिए । उनले रमाइलो मेला, थारु गाउँका लागि पनि काम भइरहेको बताए ।
संयोजक खड्काका अनुसार महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री बद्री पाण्डेले गर्नेछन् । टीकापुरको समग्र विकास निर्माणका लागि मन्त्री पाण्डेलाई प्रमुख अतिथिका रुपमा बोलाएर बुझाउने मागपत्रका विषयमा भने छलफल भईरहेको संयोजक खड्काले जानकारी दिए । तथापि टीकापुर विमानस्थल र टीकापुर पार्कको स्तरोन्नति सङ्घको मुख्य एजेन्डा रहेको उनको भनाइ छ । गत वर्षको महोत्सवमा पनि संघले विमानस्थल सञ्चालनका लागि सरकारलाई ध्यानाकर्षण गराएको थियो । संघले विगतदेखि नै विमानस्थल सञ्चालनको विषय महोत्सवमा आउने प्रमुख अतिथिलाई बुझाउने मागपत्रमा समावेश गरिरहेको छ ।
यस्तै वाणिज्य संघले महोत्सवमा बोलाउने कलाकारका विषयमा पनि काम सक्काएको छ तर कति गते कुन कलाकार आउने भन्ने निश्चित भएको छैन । संयोजक खड्काका अनुसार केही दिनमा यसको पनि टुङ्गो लाग्नेछ ।
महोत्सवमा नायक पल शाह, गायिका मेलिना राई, गायक प्रमोद खरेल, गायिका रचना रिमाल, गायक शिव परियार, गायक चक्र बम, गायक खेम सेन्चुरी, गायक टंक तिमिल्सिना, गायिका सिर्जना खत्री, गायिका शान्ता रानी परियार, गायक लाल बहादुर धामी अछामी बढ्डो, गायिका एन्जिला रेग्मी, गायक टेक बि.सी, गायिका लक्ष्मी आचार्य, गायक राज कुश्मी, गायिका अन्जु कुश्मी, गायक मनिष खड्का, गायिका सोनु कुस्मी, डान्सरहरु रुबिना अधिकारी, रमेश सोडारी टीका जैसी नारायणी खत्री, अनुष्का चौधरी, सुमित्रा चौधरी, रितु चौधरी, सदिक्षा चौधरी, गायक ध्रुव बिस्को, गायक नवीन पौडेल गायिका इश्सल सञ्जाल, हाँस्य कलाकार हेमराज अधिकारी, गायिका निरुता खत्री, मोडल मुकुन्द जिसी, कलाकार रमेश मिसन, गायिका समीक्षा चौधरी, गायक नरेन्द्रराज रेग्मी, लेडी ¥यापर सुनिता लामगड, देउडा गायक राजाराम भाट, ¥यापर केल्भिनजंग ठकुरी आउने तय भएको छ भने महोत्सवको उद्घोषकको रुपमा गायिका मञ्जु पौडेल, कोष खड्का र प्रेरणा गिरी आउने छन् ।
महोत्सवको प्रचारप्रसारलाई पनि तिब्रता दिइएको संयोजक खड्काले बताए । उनका अनुसार गत वर्षको महोत्सवमा डेढ करोडको कारोबार भएकोमा यो वर्ष तीन करोडसम्म कारोबार हुने अनुमान गरेको बताए ।
महोत्सवमा मनोरञ्जनसंगै स्थानीय व्यापार, व्यवसाय, पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । महोत्सवमा स्थानीय नव प्रतिभाको प्रस्फुटन हुने र उनीहरूको कला सबैले देख्न पाउने भन्दै कृषि प्रदर्शनसमेत रहने संयोजक खड्काले बताए ।
महोत्सव स्थल भित्र दुई सय ५० वटा स्टल रहने छन् । स्टलहरुको काम पनि लगभग सकिएको स्टल संयोजक बम बहादुर ओलीले जानकरी दिए । उनले पण्डल र महोत्सव स्थलका सबै स्टलहरु बुकिङ भइसकेको भन्दै महोत्सव अवलोकन गर्न र समाउन सबैलाई आउन आग्रह गरे ।
टीकापुरमा २०६५ सालदेखि प्रत्येक वर्ष (कोरोनाको समयमा बाहेक) महोत्सवको आयोजना गरिँदै आएको छ ।