शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय/टीकापुर । धर्मापुर कटान ग्रामीण विद्युत सहकारी सहकारी संस्था लिमिटेडको १५ औं साधारणसभा सम्पन्न भएको छ । जानकी गाउँपालिका-६ धर्मापुर कटानस्थित कालिका आधारभूत विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर संस्थाको साधारणसभा सम्पन्न गरिएको हो ।
उक्त ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष राम दयाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहेका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष चौधरीले विगतका दिनमा निकै अप्ठ्यारो अवस्थामा गुग्रीएको संस्था नयाँ कार्यसमिती आएसंगै राम्रो लयमा देखिएको बताए । उनले संस्थाले राम्रो काम गर्दै जानुपर्ने बताउदै आवश्यक परेको समयमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
संस्थाका सदस्य निर्मला साउदले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक कृष्ण बहादुर विश्वकर्माले गरेका थिए । कार्यक्रममा संस्थाका कालिका आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिती अध्यक्ष लोक बहादुर विश्वकर्मा, पुर्व लेखा संयोजक सिद्धराज रेग्मी, शेयर सदस्य बलराम चौधरी, कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक मथुरा प्रसाद न्यौपाने, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नृपराज भण्डारीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष राम दयाल चौधरीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन कोषाध्यक्ष रमिता देवी नाथ र लेखा प्रतिवेदन संस्थाका लेखा संयोजक विरेन्द्र चौधरीले प्रस्तुत गरेका थिए । बन्द सत्रको सञ्चालन पनि लेखा संयोजक चौधरीले गरेका थिए ।
सहकारी संस्थामा हाल तीन सय १ जना शेयर सदस्य रहेका छन् भने आर्थिक वर्ष २०८०/०८१ मा १५ लाख ६३ हजार ९७६ रुपैयाँ ५ पैसाको कारोबार भएको जनाइएको छ ।